PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

बुटवललाई ‘लालकिल्ला’ बनाइराख्न ओलीको आह्वान



पहिलोपोस्ट

बुटवललाई ‘लालकिल्ला’ बनाइराख्न ओलीको आह्वान

बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनबाट एमालेको विजयी यात्रा सुरू हुने बताएका छन्।

बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘अलच्छिनी परमादेशी सरकार’को संज्ञा दिए।

भने, ‘म देशका विभिन्न ठाउँका सभा पुगें, जनतालाई गठबन्धनको कुनै मतलब छैन’ ओलीले भने, ‘अहिले हामीले जितेनौ भने, प्रादेशिक र संघीय सरकारले पठाउने योजना पर्दैनन। स्थानीयबाटै विजय यात्रा सुरु गर्नुपर्छ। अब कुनै अलमल पर्नु पर्दैन।’

बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमाले पञ्चमुखी गठबन्धन जस्तो नभएको बताए। पाँच दलीयमात्र नभइ १० दल मिले पनि एमालेलाई फरक नपर्ने उनको धारणा थियो।

विगतमा जस्तै बुटवललाई लालकिल्ला कायम राख्न उनले आह्वान समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell