काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुखका लागि सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई व्यवस्थित बनाउन विज्ञहरुसँग सल्लाह लिएर अघि बढ्ने बताएका छन्। राजधानीमा आयोजित बुद्धिजिवी भेलालाई सम्बोधन गर्दै उनले विज्ञहरुसँगको सल्लाह र सहकार्य गरेर अघि बढ्ने बताएकी हुन्।
उनले काठमाडौंको आफ्नै मौलिकपन भएको भन्दै महानगरको प्रमुख एजेन्डा नै शिक्षा, स्वास्थ्य र फोहोर व्यस्थापन रहेको बताइन्।
पिएल सिंहको कार्यकालमा काठमाडौं महानगर बनाउने योजना बने पनि पछि शहरलाई बिगार्ने काम भएको दाबी गरिन्।
कार्यक्रममा उनले महानगरबारे आफूले बनाएको योजनाहरु प्रस्तुत गरेकी थिइन्। जेष्ठ नागरिकलाई अस्पतालदेखि फोहोर व्यवस्थापनबारे उनले आफ्नो कुराहरु राखेकी थिइन्।
‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो। डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भनिन्। घरघरबाटै सबैलाई महानगरले सेवा दिन आफूले प्रयास गर्ने उनले बताइन्।
काठमाडौं ७७ जिल्लावासीको महानगर भएको भन्दै शहरलाई सुरक्षित बनाउन आफू लागिपर्ने उनले बताइन्।
३२ वडामा जेष्ठ नागरिक भवन बनाउने पार्क बनाउने तर व्यापारी कम्लेक्स नबनाउने त्याे निजी क्षेत्रले बनाउन दिने समेत बताईन। यहाँ महानगरकाे जग्गा व्यापारिक कम्लेक्स बनाएर सकाउने काम भएकाे बताईन।