PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

घरदैलो कार्यक्रममा प्रसाद खाँदा बेहोस भएको घटना देखिएपछि प्रहरीले गर्‍यो सुरक्षित हुन आग्रह



पहिलोपोस्ट

घरदैलो कार्यक्रममा प्रसाद खाँदा बेहोस भएको घटना देखिएपछि प्रहरीले गर्‍यो सुरक्षित हुन आग्रह

काठमाडौं : चुनावको प्रचारप्रसारका क्रममा प्रसाद खाँदा बेहोस हुने घटना देखिएको भन्दै प्रहरीले सचेत गराएको छ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै चुनावको घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन सेवन गरेपछि कोही बेहोस हुने र कोही चक्कर लागेर लड्ने जस्ता घटनाहरु घटेको जानकारी दिएको छ।

‘निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाहरुबाट सुरक्षित रहन र त्यस्तो सूचना भए नेपाल प्रहरीलाई तत्काल जानकारी गराउन हुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell