PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

मुख्य प्रशिक्षक र खेलाडीबिचको विवाद छानबिन गर्न एन्फाले गठन गर्‍यो तीन सदस्यीय कमिटी



पहिलोपोस्ट

मुख्य प्रशिक्षक र खेलाडीबिचको विवाद छानबिन गर्न एन्फाले गठन गर्‍यो तीन सदस्यीय कमिटी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबिचको विवादको सत्यतथ्य पहिचान गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ।

ललितपुरस्थित एन्फाको मुख्यालयमा आइतवार बसेको कार्यसमितिको आकस्मिक बैठकले फुटबलका मुख्य प्रशिक्षक र खेलाडीको विवादको सत्यतथ्य पहिचान गर्न आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको हो।

कमिटीमा पूर्व खेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहेका छन्। कमिटीलाई एन्फाले एक सातामा विवादको सत्यतथ्य सहित छानबिन गरेर एन्फालाई प्रतिवेदन पेश गर्ने निर्देशन दिएको छ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेका १० खेलाडीले मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गत बन्द प्रशिक्षण छाडेका थिए। क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माग राख्दा प्रशिक्षक अलमुताईरीले पटक-पटक क्याम्प छाडेर जान भनेपछि आफूहरु बाध्य भएर प्रशिक्षण छाडेको बताउँदै आएका छन्।

प्रशिक्षक अलमुताइरीले पनि क्याम्प छाडेका खेलाडीको स्थानमा नयाँ खेलाडीलाई स्थान दिँदै प्रशिक्षण गराइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell