PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

मतदानका दिन अत्यावश्यक र अनुमति लिएकाबाहेक अन्य सवारीसाधन चलाउन रोक



पहिलोपोस्ट

मतदानका दिन अत्यावश्यक र अनुमति लिएकाबाहेक अन्य  सवारीसाधन चलाउन रोक

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचन हुने दिन अत्यावश्यक र अनुमति दिएका सवारी साधनमात्रै प्रयोग गर्न आग्रह गरेको छ।

बैशाख ३० गते हुने निर्वाचनमा सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै प्रशासनले सवारीसाधन संचालनमा रोक लगाएको हो।

प्रशासनले मतदानका दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनहरु बाहेक अन्य सवारी साधनहरु बिहान  ६ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म संचालनमा रोक लगाएको हो।

निर्वाचनको दिन सवारीसाधन संचालन गर्न परेमा निर्वाचन आयुक्तको कार्यालय वा प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्नेछ। प्रशासनले सूचना विपरित कार्य गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell