PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हैदराबादमाथि बेङ्ग्लोरको जित



पहिलोपोस्ट

हैदराबादमाथि बेङ्ग्लोरको जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई हराएको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले हैदराबादमाथि ६७ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। बेङ्ग्लोरका लागि कप्तान फाफ डुप्लिसिसले सर्वाधिक अविजित ७३ रन बनाउँदा रजत पटिदरले ४८, ग्लेन म्याक्सवेलले ३३ र दिनेश कार्तिकले अविजित ३० रन बनाए। ओपनर बिराट कोहली भने खाता खोल्दै आउट भएका थिए।

बलिङतर्फ हैदराबादका जगदीश सुचितले २ विकेट लिँदा कार्तिक त्यागीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद १९.२ ओभरमा १२५ रनमा समेटिन पुग्यो।

ओपनर द्वय अभिशेक शर्मा र केन विलियमसनलाई शुन्य रनमै गुमाएको हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५८ रन बनाउँदा एइडेन मार्क्रमले २१ तथा निकोलस पुरनले १९ रन बनाए।

बलिङतर्फ बेङ्ग्लोरका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ५ विकेट लिँदा जोस हेजलवुडले २ र ग्लेन म्याक्सवेलले १ विकेट लिए।

जितसँगै चौथो स्थानमा बेङ्ग्लोरले १४ अंक जोडेको छ। हैदराबाद भने १० अंक जोडेर तालिकाको छैटौं स्थानमा छ।

आजै दोस्रो खेलमा चेन्नइ सुपर किंग्स र दिल्ली क्यापिटल प्रतिस्पर्धारत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell