PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

संसद् अधिवेशन आह्वान र अध्यादेश जारी सँग-सँगै, के के भए जारी?



पहिलोपोस्ट

संसद् अधिवेशन आह्वान र अध्यादेश जारी सँग-सँगै, के के भए जारी?

काठमाडौँः संघीय संसद्को बर्खे अधिवेशन आइतबार आह्वान भएको छ। अधिवेशन आह्वानसँगै सरकारको सिफारिसमा दुई अध्यादेश पनि राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन्। 

राष्ट्रपति कार्यालयका अनुसार औषधि तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएका हुन्। संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेश जारी गरिएको हो। 

सामान्यतया अधिवेशन नभएको अवस्थामा तत्काल कुनै कानुन आवश्यक भए अध्यादेश ल्याउने संवैधानिक सुविधा सरकारलाई छ। तर, पछिल्लो समय अधिवेशन सिफारिस र अध्यादेश सिफारिस एकै पटकसमेत हुँदै आएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell