PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

घर दैलोमै उम्मेदवारलाई बान्ता हुन थालेपछि...



पहिलोपोस्ट

घर दैलोमै उम्मेदवारलाई बान्ता हुन थालेपछि...

वीरगंजः चुनाव प्रचारमा हिँडेका सर्लाहीको हरिवन नगरपालिका ११ बालगंगाका नेकपा (माओवादी केन्द्र) का वडाध्यक्षका उम्मेदवारसहित पाँच जना बिरामी भएका छन्। वडाध्यक्षका उम्मेदवार शेख इस्तिहार, वडा सदस्यका उम्मेदवारहरू ओमप्रकाश रौनियार, पूर्णिमा भण्डारी, शेख आरिफ, शेख रियाज गरी ५ जना बिरामी भएका हुन्।

बिरामीमध्ये इस्तिहार र रौनियारको वीरगंजको बयोधा अस्पतालमा र बाँकी तीन जनाको सर्लाहीकै हरिवनमा रहेको स्वाभिमान अस्पतालमा उपचार भइरहेको सर्लाहीका एसपी प्रवीण पोखरेलले जानकारी दिए।

‘सबै जना मत माग्न घर दैलोमा निस्किनुभएको थियो। दिउँसो २ बजेपछि अचानक बान्ता गर्न थाल्नुभयो,’ उनले भने, ‘खाने कुरामा विष मिसाएर खुवाइएको कुरा आइरहेको छ। त्यसको छानबिन गरिरहेका छौँ।’

बिरामी पाँच जनाकै अवस्था सामान्य रहेको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell