
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न दोस्रो खेलमा चेन्नइ सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि सहज जित निकालेको छ। मुम्बइस्थित डीवाइ पाटिल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा चेन्नइले दिल्लीमाथि ९१ रनको फराकिलो जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। ओपनर डेभोन कोनवेको सर्वाधिक ८७ रन र ऋतुराज गाइकवडको ४१ रनको सहायतामा सानदार सुरुवात गरेको चेन्नइका लागि शिवम दुवेले ३२ रन बनाए। त्यस्तै कप्तान महेन्द्रसिंह धोनीले अविजित २१ रन बनाउँदा ठूलो स्कोर खडा गर्न सफल रह्यो।
बलिङतर्फ दिल्लीका एनरिच नोर्कियाले सर्वाधिक ३ विकेट लिँदा खलील अहमेदले २ तथा मिचेल मार्सले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीको ब्याटिङ नजम्दा १७.४ ओभरमा ११७ रन बनाउँदै अलआउट हुन पुग्यो। दिल्लीका लागि मिचेल मार्सले सर्वाधिक २५ रन बनाउँदा सार्दुल ठाकुरले २४, कप्तान ऋषभ पन्तले २१ तथा डेभिड वार्नरले १९ रनको योगदान दिए। दिल्लीलाई सानो स्कोरमै समेट्न चेन्नइका मोइन अलीले सर्वाधिक ३ विकेट लिँदा मुकेश चक्रवर्ती, सिमरजीत सिंह र ड्येन ब्राभोले समान २ विकेट लिए। त्यस्तै महीश ठीकशनाले एक विकेट लिए।
जितसँगै चेन्नइ ८ खेलबाट ८ अंक जोडेको चेन्नइ आठौं स्थानमा उक्लिएको छ। दिल्ली भने १० अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ।