PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

रियल मड्रिड एट्लेटिको मड्रिडसँग पराजित



पहिलोपोस्ट

रियल मड्रिड एट्लेटिको मड्रिडसँग पराजित
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई हराएको। वान्डा मेट्रोपोलिटानो स्टेडियममा सम्पन्न मड्रिड डर्बीमा घरेलु टोली एट्लेटिकोले रियल मड्रिडमाथि १-० गोलअन्तरको जित निकालेको हो।

घरेलु टोलीका खेलाडी म्याथिउस कुन्हामाथि फउल भएपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै एट्लेटिकोले अग्रता बनाएको थियो। खेलको ४० औं मिनेटमा यानिक कारास्कोले पेनाल्टीबाट गरेको गोल नै एट्लेटिकोको जितका लागि निर्णायक बन्यो।

जितसँगै एट्लेटिको ३५ खेलबाट ६४ अंक जोड्दै शीर्ष चारमा उक्लिएको छ। र, च्याम्पियन्स लिगको सम्भावनालाई जिवित राखेको छ। अर्कोतर्फ समान खेलबाट ८१ अंक जोडेको रियल मड्रिड भने यसअघि नै ला लिगाको च्याम्पियन बनिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell