PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

स्थानीय तह निर्वाचनमा पाका नै रोजाइमा : कुन उमेर समूहका कुन पदमा कति उम्मेदवार?



विधुर ढकाल

स्थानीय तह निर्वाचनमा पाका नै रोजाइमा : कुन उमेर समूहका कुन पदमा कति उम्मेदवार?

काठमाडौं : अबको पाँच दिनमा स्थानीय तहका जनप्रतिनिधि निर्वाचित गर्नका लागि देशभरका २१ हजार ९५५ मतदान केन्द्र मार्फत एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताहरु मताधिकार प्रयोग गर्दै छन्।

७५३ पालिकामा १ हजार ५०६ प्रमुख र उपप्रमुख, ६ हजार ७४३ वडाध्यक्ष र हरेक वडामा चारजनाका दरले २६ हजार ९७२ सदस्यका लागि देशभरबाट एक लाख ४५ हजार १० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

 

 

यो प्रतिस्पर्धामा युवा भन्दा पाका उमेर समूहका उम्मेदवारहरुको बाहुल्यता बढी छ।

राष्ट्रिय युवा नीतिले १६ वर्ष देखि ४० वर्ष उमेरका नागरिकलाई 'युवा'को परिभाषामा राखेको छ। यो उमेर समूहका युवाहरु भन्दा पाका उम्मेदवारहरु बोलवाला बढी छ।

स्थानीय तहको निर्वाचन कार्यविधि अनुसार २१ वर्ष उमेर पुगेका नागरिकले उम्मेदवार हुन पाउँछन्। आयोगको तथ्यांक अनुसार २१ वर्ष देखि ३५ वर्ष उमेर समूहका उम्मेदवारको संख्या २४.३ प्रतिशत मात्र छ। यो उमेर समूह भन्दा बढी ५१ वर्ष देखि ५६ वर्ष उमेर समूहका उम्मेदवारहरु छन्। कुल उम्मेदवार मध्ये यो उमेर समूहका २५.६ प्रतिशत उम्मेदवार छन्।

निर्वाचन आयोगको तथ्यांकमा २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ उम्मेदवार छन्। त्यस्तै ५१ देखि ५६ वर्ष उमेर समूहका ३७ हजार ५४ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

सबैभन्दा बढी ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार छन्। यो उमेर समूहका ६७ हजार १६२ जनाले मनोनयन दर्ता गराएका छन्। जुन कुल उम्मेदवारको ४६.३ प्रतिशत हो।

त्यस्तै ६५ वर्ष माथिका पाँच हजार ५२७ जनाले मनोनयन दर्ता गराएका छन्। जुन कुल उम्मेदवारको ३.८ प्रतिशत हो।

 

प्रमुखमा पाकाकै भर

महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखमा राजनीतिक दल तथा स्वतन्त्रबाट मनोयन दर्ता गराउनेहरु पनि पाका उमेर समूहका छन्। प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका तीन हजार २३७ उम्मेदवार मध्ये ३६-५० वर्ष उमेर समूहका ४४.२ प्रतिशत उम्मेदवार छन्। जुन एक हजार ४३२ हो। त्यस्तै ५१-६५ उमेर समूहका ९८१ जना उम्मेदवार छन्। जुन ३० .३ प्रतिशत हो। त्यस्तै २१-३५ उमेर समूहका ६८० जना मात्र उम्मेदवार छन्। यो पदमा ६५ वर्ष माथिका १४४ जना छन्। जुन ४.४ प्रतिशत हो।

 

महानगर, उपमहानगर र नगरपालिकाको उपप्रमुख पदका लागि एक हजार ९६४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगको तथ्यामा उल्लेख छ। उपप्रमुख पदमा ५१ प्रतिशत ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार छन्। यो उमेर समूहका १ हजार २ जनाको मनोनयन परेको छ। त्यस्तै २१ देखि ३५ वर्ष उमेर समूहका ४९७ (२५.३%) ५१-६५ उमेर समूहका ४१५ ४९७ (२१.१%) र ६५ वर्ष माथिका ५० ४९७ (२.५%) उम्मेदवार रहेका छन्।

 

गाउँपालिका अध्यक्षका लागि तीन हजार ९२ जनाको मनोनयन परेको छ।

जसमध्ये २१-३५ उमेर समूहका ६२२, ३६-५० उमेर समूहका एक हजार ४७०, ५१-६५ उमेर समूहका ८३६ र ६५ वर्ष माथिका १६४ जना उम्मेदवार छन्।

 

 

अरु पदको तुलनामा गाउँपालिका उपाध्यक्ष पदमा युवा उम्मेदवार बढी छन्। उपाध्यक्ष पदका लागि दुई हजार १६३ उम्मेदवार छन्। जसमध्ये ३१.५ प्रतिशत २१-३५ उमेर समूहका छन्। यो उमेर समूहका ६८२ जनाले मनोनयन दर्ता गराएका छन्। त्यस्तै ३६-५० उमेर समूहका एक हजार ६७ जना छन्। जुन ४९.३ प्रतिशत हो। त्यस्तै ५१-६५ उमेर समूहका ३८४ (१७.८%) र ६५ वर्ष माथिका ३० (१.४%) छन्।

 

३० गते हुने निर्वाचनमा ३२ हजार ४९६ जना वडाध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन्।

जसमध्ये युवा समूहका २०.२ प्रतिशत मात्र छन्। २१-३५ उमेर समूहका ६ हजार ५६३ जना मात्र उम्मेदवार छन्। सबैभन्दा बढी ३६ देखि ५० वर्ष उमेर समूहका ४६.८ प्रतिशत छन्। यो उमेर समूहका १५ हजार १८८ जना उम्मेदवार छन्।

त्यस्तै वडाध्यक्ष पदमा ५१-६५ उमेर समूहका ९ हजार ३४२ (२८.८%) र ६५ वर्ष भन्दा माथिका ४.१ प्रतिशत अर्थात एक हजार ३४३ जनाले उम्मेदवारी दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell