PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपाल र जिम्बावे 'ए' सिरिजको निर्णायक खेल आज



पहिलोपोस्ट

नेपाल र जिम्बावे 'ए' सिरिजको निर्णायक खेल आज
फाइल फोटो क्यान

काठमाडौं: नेपाल र जिम्बावे 'ए' टोलीबीच जारी एकदिवसीय अभ्यास सिरिजमा आज निर्णायक खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज बिहान साढे ९ बजेबाट खेल सुरु हुनेछ।

तीन खेलको सिरिजमा दुबै टोलीले एकएकवटा खेल जितेका छन्। पहिलो खेलमा जिम्बावेले ३ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा नेपालले ९ विकेटले जित निकालेको थियो।

यसअघिको टी २० सिरिज बराबरीमा रोकिएको थियो। जसमा दुबै टोलीले समान १/१ खेल जितेका थिए भने एउटा खेल वर्षादले रद्द भएको थियो। नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा अभ्यास खेल खेलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell