PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

म्यानचेस्टर सिटीको फराकिलो जित



पहिलोपोस्ट

म्यानचेस्टर सिटीको फराकिलो जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्युक्यासलमाथि फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले न्युक्यासलमाथि ५-० को फराकिलो जित निकालेको हो।

सिटीको जितमा रहीम स्ट्रलिङले दोहोरो गोल गर्दा ऐमेरिक लापोर्टे, रोड्री र फिल फोडेनले समान एक गोल गरे।

खेलको १९ औं मिनेटमै स्ट्रलिङको गोलमा सिटीले अग्रता बनाएको थियो। त्यस्तै ३८ औं मिनेटमा लापोर्टेले गोल थप्दा पहिलो हाफमा घरेलु टोलीले दुई गोलको अग्रता बनाउन सफल भयो। दोस्रो हाफमा रोड्रिले अर्को गोल थपे। उनले खेलको ६१ औं मिनेटमा गोल गर्दा फोडेनले ९० औं मिनेटमा गोल गरे। खेलको इन्ज्युरी समयमा स्ट्रलिङले ब्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ५-० को फराकिलो जित निकाल्न सफल भयो।

जितसँगै सिटीले ८६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको लिभरपुलले टोटेनहम हट्सपरसँग बराबरी खेल्दा ८३ अंक जोडेर दोस्रो स्थानमा समेटिएको छ। न्युक्यासल भने ४३ अंक जोडेर १३ औं स्थानमा छ।

गएराति नै सम्पन्न अन्य खेलहरुमा आर्सनलले लिड्स युनाइटेडलाई २-१ गोलअन्तरले हराउँदा एभर्टनले लेस्टर सिटीलाई २-१, वेस्टहमले नर्विचलाई ४-० गोलअन्तरले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell