PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले आफूलाई गधासँग तुलना गर्दै भने: गधासँधै गधा नै हुन्छ



पहिलोपोस्ट

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले आफूलाई गधासँग तुलना गर्दै भने: गधासँधै गधा नै हुन्छ
SCREENGRAB/JUNAID AKRAM'S PODCAST

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन्। जसको कारण हो उनी आफैले कुरै कुरामा आफ्नो तुलना गधासँग गर्न पुगे।

सामाजिक सञ्जालमा भाइरल क्लिपमा खान भन्छन्: गधामा रेखाहरु कोर्ने हो भने पनि त्यो जेब्रा बन्दैन। गधा गधा नै हुन्छ।

भाइरल क्लिपको आएको उनको भनाइको सन्दर्भ भने फरक छ। उनले आफू ब्रिटेनमा रहँदा त्यहाँ समाजसँग घुलमिल हुन नसकेको सन्दर्भमा यो कुरा भनेका थिए।

'म उक्त समाजमा सदस्य पनि थिएँ। मलाई स्वागत पनि गरिएको थियो। ब्रिटिस समाजमा कम मानिसलाई मात्र यसरी स्वागत गर्छन। तर मैले त्यस समाजलाई कहिल्यै आफ्नो घर मान्न सकिन,' उनले भनेका थिए, 'किनभने म पाकिस्तानी थिएँ। म चाहे जे गरु, म अंग्रेज बन्न सक्ने थिइन। गधामा रेखाहरु कोर्ने हो भने पनि त्यो जेब्रा बन्दैन। गधा गधा नै हुन्छ।'

उनको यो क्लिप खासगरी पाकिस्तान र भारतमा धेरै चर्चामा छ। पाकिस्तानी पत्रकार हसद जैदीले उनको भिडियो शेयर गर्दै क्याप्सन लेखेका छन्: नो कमेन्ट।

त्यस्तै जियो न्युजका पत्रकार मुर्तजा अलि शाहले भिडियो शेयर गर्दै लेखेका छन्: जेब्रा भएको देखाउने गधाहरु कहिल्यै जेब्रा बन्न सक्दैनन्: इमरान खान।

पुरा पोडकास्टमा खानले विदेशमा बस्ने पाकिस्तानीहरुबारे कुरा गर्दै कसरी पाकिस्तानका प्रतिभाहरु बाहिरिरहको भन्नेबारे चर्चा गरेका छन्। ३५ मिनेटको उक्त भिडियोमा उनले अमेरिकाले आफ्नो सरकार ढालेको आरोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell