PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

मेयर पदका उम्मेद्वारले प्रचारप्रसारमा प्रयोग गरेको गाडीमा आगजनी



पहिलोपोस्ट

मेयर पदका उम्मेद्वारले प्रचारप्रसारमा प्रयोग गरेको गाडीमा आगजनी

दैलेख: दैलेखको आठबिस नगरपालिकामा मेयर पदका उम्मेदवारले प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा आजगजनी भएको छ।

नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बनेका तर्कबहादुर बडुवालले प्रयोग गर्दै आएका बा १९ च ५५७९ नम्बरको स्कर्पियोमाथि आगजनी भएको हो।

नगरको वडा नं. ४ राकम कर्णालीस्थित सृष्टी होटल अगाडि पार्किङ गरि राखेको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। गाडीको एउटा टायरमा क्षति भएको र अन्य कुनै क्षति भएको छैन्।

गाडीमा आगजनी कसले गर्‍यो भन्ने अनुसन्धान भईरहेको प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell