PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

आफैँले पालेको राँगाले हान्दा मृत्यु



रासस

आफैँले पालेको राँगाले हान्दा मृत्यु
प्रतीकात्मक तस्बीर

लमजुङ: सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ। राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहरस्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो।

उनीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। थप घटना हुन नदिनका लागि प्रहरीले राँगालाई गोली हानेर मारेको छ। सो राँगोले केही दिनअघिबाटै दिमाग ठीक नभएको सङ्केत गरे पनि आफैँले पालेको राँगोले केही नगर्ला भनेर राँगो समात्न जाँदा सो घटना हुन पुगेको स्थानीयवासीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell