PahiloPost

Jul 3, 2024 | २० असार २०८१

प्रचण्ड 'स्टाइल'मै पोखरामा किसान श्रेष्ठको चेतावनी : गठबन्धनले नजिते दुर्घटना



पहिलोपोस्ट

प्रचण्ड 'स्टाइल'मै पोखरामा किसान श्रेष्ठको चेतावनी : गठबन्धनले नजिते दुर्घटना
श्रेष्ठको फेसबुकबाट

काठमाडौं : नेकपा एकीकृति समाजवादीका नेता तथा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले सत्ता गठबन्धनले चुनाव नजिते दुर्घटना हुने चेतावनी दिएका छन्। 

पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले गठबन्धन दलहरुले एकीकृत समाजवादीलाई मेयर पदको उम्मेदवारी दिएकोमा धन्यवाद दिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै गठबन्धन अपरिहार्य भएको बताइसेकाकाले कांग्रेसका नेता अब दोधारमा बस्नु जरुरी नभएको बताए।

श्रेष्ठले तीता मीठा कुरा बिर्सेर एकीकृत समाजवादीका उम्मेदवारलाई सबै दलले मत दिनुपर्ने बताए। 'वैशाख ३० गते हुने चुनावमा गठबन्धनका तर्फबाट हामीले विजयी हासिल गर्न सकेनौं भने धेरै ठुलो दुर्घटना हुन जान्छ,' नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शैलीमा उनले भने, 'यस अगाडिका तीता मीठा कुरा भुलेर विजयी बनाउनु आग्रह गर्न चाहन्छ। मेरा तर्फबाट हुने सहयोग पोखरा महानगरलाई हुने प्रतिवद्धता जनाउन चाहन्छ।' 

श्रेष्ठले एमालेका अध्यक्ष केपी शर्मा ओलीको हैकमवादी शैलीका कारण संविधान धरापमा परे पनि अदालतले पटकपटक संसद पुनस्थापन गरेर जोगाएको बताए। गठबन्धनको हातमा सबै प्रदेश र केन्द्र सरकार आउनुमा एकीकृत समाजवादीको मुख्य भुमिका भएको श्रेष्ठले दाबी गरे।

'हामीले एमालेका अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउनका लागि तपाईँको सभापतिलाई विश्वासको मत दिएर प्रधानमन्त्री बनाएका हौं। ६ वटा सरकार र संघीय सरकार गठबन्धनको हातमा आएको छ,' उनले भने।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको चितवनमा आयोजित कार्यक्रममा गठबन्धनका उम्मेदवारले नजिते देश दर्घटनामा जाने चेतावनी दिएका थिए। यस्तै, प्रधानमन्त्री देउवा पत्नी आरजु राणाले पनि डडेल्धुरामा आयोजित कार्यक्रममा कांग्रेसले नजिते स्थानीय तहमा बजेट नआउने चेतावनी दिइन् भने कैलालीमा आयोजित कार्यक्रममा कांग्रेसलाई जिताए युवाहरुलाई मलेशिया पठाउने बताएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell