PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

सौगात र सृष्टि अभिनित फिल्म ‘माइकल अधिकारी’ भदौ ३ मा रिलिज हुने



पहिलोपोस्ट

सौगात र सृष्टि अभिनित फिल्म ‘माइकल अधिकारी’ भदौ ३ मा रिलिज हुने

काठमाडौं : फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय भएको छ। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी भदौ ३ गते रिलिज हुने वितरक करण श्रेष्ठले जानकारी दिए।

सरोगेसीको कथामा बनेको यस फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ। सौगात र सृष्टिका साथै फिल्ममा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, सुजना ढकाललगायतका कलाकारहरुको अभिनय रहेको छ।

उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन्। निर्देशक पौडेलकै कथा रहेको यस फिल्ममा राजु बिक्रम थापाको छायाङ्कन र शैलेश कँडेल क्षेत्रीको पटकथा रहेको छ।

‘माइकल अधिकारी’ फिल्म ‘कृष्ण लीला’सँग भिड्नेछ। यसअघि नै ‘कृष्ण लीला’ भदौ ३ गते रिलिज हुने पक्का भइसकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell