PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

शुक्लागण्डकी नगरपालिकामा मालेबाट उपमेयरको उम्मेदवार बनेका लम्साल कांग्रेसमा प्रवेश



पहिलोपोस्ट

शुक्लागण्डकी नगरपालिकामा मालेबाट उपमेयरको उम्मेदवार बनेका लम्साल कांग्रेसमा प्रवेश

काठमाडौं : तनहुँ शुक्लागण्डकी नगरपालिकामा नेकपा (माले)बाट उपमेयर पदका उम्मेदवार शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएका हुन्।

लम्सालले आफ्नो उम्मेदवारी कायम नरहेको र कांग्रेसका मेयर पदका उम्मेदवार कृष्णराज पण्डितसहितको गठबन्धन टिमलाई समर्थन र सहयोग गर्ने प्रतिवद्धता गरे।

कांग्रेस शुक्लागण्डकी वडा नम्बर ९ ले आयोजना गरेको चुनावी सभामा लम्साल कांग्रेस प्रवेश गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell