PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भरतपुरमा कांग्रेसले अण्डाभित्रको चल्लामा भोट हाल्नुपर्ने ओलीको दावी



पहिलोपोस्ट

भरतपुरमा कांग्रेसले अण्डाभित्रको चल्लामा भोट हाल्नुपर्ने ओलीको दावी

पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुर महानगरमा कांग्रेसका कार्यकर्ताले अण्डाभित्रको चल्लामा मत हाल्नुपर्ने बाध्यता भएको बताएका छन्।

पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताले रुखमा मत हाल्न नपाएको भन्दै आपत्ति जनाए। नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रेनु दाहाललाई कांग्रेसले मत हाल्न कार्यकर्तालाई सत्तारुढ दलका नेताले धम्की दिएको भन्दै ओलीले आक्रोश व्यक्त गरे।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिले कांग्रेसलाई रुखमा भोट हाल्न नदिएको आरोप लगाए। 'सधै मेरै छोरी ज्वाइँलाई तिमीहरुले बोकिराख्नुपर्छ। कांग्रेसका साथीहरुले चितवनमा रुखमा भोट कहाँ हाल्न पाउने थाहा छैन्,' ओलीले भने, 'कसैले पेन्सिलमा, कसैले अण्डामा, कसैले अण्डा भित्रका चल्लामा मत हाल्नुपर्ने। कांग्रसका नेताले पार्टीलाई सिद्धान्तहीन बनाए।'

कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले यत्तिकै पार्टी नछोडेको भन्दै कांग्रेस विचारविहीन भएको ओलीको आरोप थियो। 'के खुशी भएर छोडेको होला? विपी कोइराला पनि अहिले हुनुहुन्थ्यो भनेर छोड्नुहुन्थ्यो,' उनले भने। 

देश बनाउने पार्टी एमालेमात्रै भएको ओलीले दाबी गरे। ३० गते एमालेलाई मत हालेपछि एमालेमा प्रवेश गरे पनि हुने बताए। '३० गतेसम्म तपाईँलाई एमालेमा प्रवेश गर्न मिल्दैन भने एमालेमा पछि आउनु। एमाले बन्दै बन्दै गएको पार्टी हो। यो पोखरेलीको पार्टी हो। मनाङेलीको पार्टी तराई मधेश सबैतिर बस्नेको पार्टी हो। सबै समुदायका जनताको साझा पार्टी हो,' ओलीले भने।

उनले पोखरामा नेकपा एकीकृत समाजवादीलाई गठबन्धनले मेयर भागबन्डा गरेकोमा पनि आक्रोश व्यक्त गरे। टाउकाबाट झरेको सानो टुक्रो एकीकृत समाजवादी भएको ओलीको भनाइ छ। एकीकृत समाजवादीका धनराज आचार्य गठबन्धनका तर्फबाट पोखरा महानगरको मेयरको उम्मेदवार छन्। 

'पोखरा जिम्मा लगाउने कसलाई भने टाउकाबाट झरेकोलाई? पाँच दलको यो हालत छ। एमालेबाट चोइटिएको एउटालाई पोखराको जिम्मा!,' ओलीले भने। सत्ता गठबन्धन स्वार्थी भएकाले कहिले कसले त कहिले कसले धम्की दिइरहेको बताए।

'उहाँले सभा त ७ वटै प्रदेशमा गर्ने भन्नुभयो। तर, सभामा विभिन्न बोली आएका छन् उनीहरुको। कांग्रेसको धम्की एकले अर्कोले सु्न्ने। चितवनमा प्रचण्डले धम्काए हिजो। यहाँ अर्काले धम्काए। हिजो २३ सिटमा झरेको होइन भनेर धम्की। यो स्वार्थीहरुको गठबन्धन हो,' ओलीले भने। 

गठबन्धनले महिलाको संख्या संविधानले दिएको भन्दा घटाएको ओलीले आलोचना गरेका छन्।

'गठबन्धन गरेपछि सल्लाहले गरेपछि त महिला उम्मेदवार उठाउनुपर्ने थियो,' ओलीले भने। महिलाको हक स्थापन गर्न सक्ने पार्टी चाहिएको ओलीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell