PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

अक्षय कुमार र मानुषी अभिनित फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

अक्षय कुमार र मानुषी अभिनित फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक

अक्षय कुमार अभिनित बलिउड फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरको सुरूवातमा अक्षय कुमार साहस र वीरताका साथ युद्धको मैदानमा शत्रुमाथि आक्रमण गरिरहेको देख्न सकिन्छ।

साथै, पृथ्वीराजको संयोगितासँगको प्रेमसम्बन्धलाई पनि ट्रेलरमा स्थान दिइएको छ। राजपूत सम्राट पृथ्वीराज चौहानको जिवनीमा आधारित यस फिल्ममा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका छन्।

अक्षयका साथै यस फिल्ममा मिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका रहेको छ। यस फिल्ममा मानुषीले राजकुमारी संयोगिताको भूमिका निभाएकी छिन्। यो उनको डेब्यू फिल्म हो।

यशराज ब्यानरले निर्माण गरेको फिल्ममा निर्देशन डाक्टर चन्द्रप्रकाश द्विवेदीको रहेको छ। फिल्ममा अक्षय र मानुषीका साथै सोनु सुद, सञ्जय दत्त, आशुतोष राणा, साक्षी तवंर लगायतका कलाकारहरुको अभिनय रहेको छ। यो फिल्म ३ जुन २०२२ अर्थात आउँदो जेठ २० गते सिनेमाघरमा रिलिज हुने पक्का भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell