PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

जिम्बावे 'ए' ले नेपाललाई दियो २ सय १४ रनको लक्ष्य, किशोर महतोले लिए पाँच विकेट



पहिलोपोस्ट

जिम्बावे 'ए' ले नेपाललाई दियो २ सय १४ रनको लक्ष्य, किशोर महतोले लिए पाँच विकेट
तस्बीर: क्यान

काठमाडौं: जिम्बावे 'ए' र नेपालबीचको एकदिवसीय अभ्यास सिरिजको तेस्रो खेलमा जिम्बावेले नेपाललाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओशिलो आउटफिल्डका कारण निर्धारित समयमा खेल सुरु गर्न नसक्दा ३३ ओभरमा खेल झारिएको थियो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले ३२.२ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको हो। जिम्बावेका लागि टाडिवनसे मरुमनीले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५० रन बनाउँदा कुड्जाइ मउन्जीले ३९, रोय काइयाले ३६ रन बनाए। त्यस्तै कप्तान टोनी मुनियोन्गाले २४ रन बनाउँदा लुक जोङवीले १९ सेफास झुवाओले १६ तथा इनोसेन्ट काइयाले १२ रन बनाए।

बलिङतर्फ किशोर महतोले सर्वाधिक ५ विकेट लिँदा सोमपाल कामीले २ तथा दीपेन्द्रसिंह ऐरी र करण केसीले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell