
काठमाडौं : सरकारले बैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। सो दिन देशभर स्थानीय तहको निर्वाचन हुँदैछ।
मतदानका दिन देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने निर्णय भएको हो।
बैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचनको दिन विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।