PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जिम्बावे 'ए' लाई हराउँदै नेपालले जित्यो सिरिज



पहिलोपोस्ट

जिम्बावे 'ए' लाई हराउँदै नेपालले जित्यो सिरिज
तस्बीर: क्यान

काठमाडौं: जिम्बावे 'ए' र नेपालबीचको एकदिवसीय अभ्यास सिरिजको तेस्रो खेलमा नेपालले आज जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा ६ विकेटको जित निकालेसँगै नेपालले २-१ ले सिरिज जितेको हो।

आज सम्पन्न खेलमा जिम्बावेले नेपाललाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। आज ओशिलो आउटफिल्डका कारण निर्धारित समयमा खेल सुरु गर्न नसक्दा ३३ ओभरमा खेल झारिएको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेका लागि टाडिवनसे मरुमनीले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५० रन बनाउँदा कुड्जाइ मउन्जीले ३९, रोय काइयाले ३६ रन बनाए। त्यस्तै कप्तान टोनी मुनियोन्गाले २४ रन बनाउँदा लुक जोङवीले १९ सेफास झुवाओले १६ तथा इनोसेन्ट काइयाले १२ रन बनाए।

बलिङतर्फ किशोर महतोले सर्वाधिक ५ विकेट लिँदा सोमपाल कामीले २ तथा दीपेन्द्रसिंह ऐरी र करण केसीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रन र आशिफ शेखले २९ रन बनाउँदै सानदार सुरुवात दिलाएका थिए। त्यसपछि आएका सुनिल धमला ६ रनमा आउट हुँदा रोहित पौडेल रन नजोड्दै पेभेलियन फर्किए। नेपाललाई जितसम्म डोहोर्‍याउन दीपेन्द्रसिंह ऐरीले अविजित ६० रन बनाउँदा बिनोद भण्डारी २८ रनमा अविजित रहे।

बलिङतर्फ जिम्बावेका ब्रान्डन मभुताले ३ विकेट लिँदा ब्राड इभान्सले १ विकेट लिए।

योसँगै नेपालले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ। पहिलो खेलमा जिम्बावेले ३ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा नेपालले ९ विकेटको जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell