PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

काठमाडौं समृद्ध छ, व्यवस्थापन आवश्यक छ : सिर्जना सिंह  



पहिलोपोस्ट

काठमाडौं समृद्ध छ, व्यवस्थापन आवश्यक छ : सिर्जना सिंह  

काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिका प्रमुख उम्मेदवार सिर्जना सिंहले समृद्ध काठमाडौं शहरलाई व्यवस्थापन आवश्यक रहेको बताएकी छिन्। काठमाडौं चेतनशील राष्ट्रिय व्यवसायिक समाजले आयोजना गरेको कार्यक्रममा सिंहले स्वच्छ, सफा, सुन्दर र सुशासन भएको काठमाडौं महानगर हेर्ने महानगरवासीको सपना आफूले पूरा गर्ने बताइन्।

´काठमाडौं समृद्ध छ, व्यवस्थापन नभएको हो, मेरो जिम्मेवारी व्यवस्थापन गराउने हो,’ सिंहले भनिन्।  

ठुला सपना देखाउने भन्दा पनि गर्न सकिने र गर्नपर्ने कामको सूची आफुसँग रहेको उनको दाबी थियो। सबैको सहकार्य मिले काठमाडौं सुधार्ने अभियानमा सफल हुने उनले बताइन्।

अहिलेको नेतृत्वले फोहोरसमेत व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको उनले आरोप लगाइन्। घरबाटै फोहोर व्यवस्थापन गर्न आफसँग योजना रहेको सिर्जनाले बताइन्।

‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौं। विदेशी आउँदा नाक खुम्च्याउने छैनन्। सम्पदाको संरक्षण गर्ने छौं,’ सिंहले भनिन्,‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो।’

त्यसक्रममा उनले काठमाडौंलाई ७७ जिल्लावासीकै महानघर बनाउने भन्दै शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, सडक लगायतक भौतिक पूर्वाधारको विकास प्राथमिकतामा रहेको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell