PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

कानुन दिवसका अवसरमा चार पूर्वप्रधानन्यायाधीशसहित १५ जना सम्मानित



रासस

कानुन दिवसका अवसरमा चार पूर्वप्रधानन्यायाधीशसहित १५ जना सम्मानित

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सर्वोच्च अदालतले आज कानुन दिवस मनाएको छ। सर्वोच्च अदालत परिसरमा आयोजना गरेको उक्त समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको उपस्थिति थियो।

त्यस्तै, समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, सर्वोच्च अदालतका न्यायाधीशहरु, उच्च अदालतका मुख्य न्यायाधीश, जिल्ला न्यायाधीशहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।

सो अवसरमा राष्ट्रपति भण्डारीले पूर्वन्यायाधीशहरु हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, मीनबहादुर रायमाझी र अनुपराज शर्मालाई सम्मान गरेकी थिइन्। उक्त अवसरमा चार पूर्वप्रधानन्यायाधीश र ११ न्यायाधीशहरुलाई सम्मान गरिएको थियो।

सम्मानित हुने सर्वोच्च अदालतका न्यायाधीशहरुमा कृष्णजङ्ग रायमाझी, अरविन्दनाथ आचार्य, उदयराज उपाध्याय, राजेन्द्रराज नाख्वा, टोपबहादुर सिंह, ज्ञाइन्द्रबहादुर श्रेष्ठ, पवनकुमार ओझा, शारदा श्रेष्ठ, हरिजङ्ग सिजापति, वद्रीकुमार बस्नेत र राजेन्द्रकुमार भण्डारी छन्।

प्रधान न्यायालयसम्बन्धी ऐन २००८ लागू भएको दिनको स्मरणका रुपमा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell