PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

युक्रेन आक्रमणको विरोधमा पोल्यान्डमा रसियाली राजदूतलाई छ्यापियो रातो रंग



पहिलोपोस्ट

युक्रेन आक्रमणको विरोधमा पोल्यान्डमा रसियाली राजदूतलाई छ्यापियो रातो रंग
Photo: AP Photo

पोल्यान्डका लागि रसियाली राजदूत सर्गेई एन्ड्रिभलाई वार्समा रातो रंग छ्यापिएको छ। युक्रेनमाथि रसियाले गरेको आक्रमणको विरोधमा प्रदर्शनकारीहरुले राजदूत सर्गेईमाथि रातो रंग छ्यापेका हुन्

उनलाई प्रदर्शनकारीहरुले दोस्रो विश्वयुद्धमा मारिएका रेड आर्मीका सेनाहरूलाई सोमवार वार्सको चिहानमा श्रद्धाञ्जली दिनबाट रोकेका थिए।

रसियाली विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले सो आक्रमणको निन्दा गरेकी छिन्। उनले भनेकी छिन्, 'हामी यसबाट डराउने छैनौँ, युरोपका मानिसहरु ऐनामा आफ्नो प्रतिबिम्बदेखि डराउनु पर्नेछ।'

विजयी दिवसको अवसरमा राजदूत सर्गेई सोभियत सेनाहरुको चिहानमा फूल अर्पण गर्ने त्यहाँ गएका थिए। हरेक वर्ष मे ९ मा रसियाले नाजी जर्मनविरुद्ध जित हासिल गरेको अवसरमा विजय दिवस मनाउँदै आएको छ। रसियाको मस्कोस्थित रेड स्क्वायरमा आजको दिन विशेष परेडको समेत आयोजना गर्ने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell