PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गृहमन्त्रीकै जिल्लामा उम्मेदवार असुरक्षित, एमाले उम्मेदवारमाथि आक्रमण



पहिलोपोस्ट

गृहमन्त्रीकै जिल्लामा उम्मेदवार असुरक्षित, एमाले उम्मेदवारमाथि आक्रमण

बुटवलः बुटवलमा नेकपा (एमाले) का उम्मेदवार सवार गाडीमा आक्रमण भएको छ। सोमबार साँझ प्रचारप्रसारका क्रममा बुटवल उपमहानगरपालिका १२ का वडाध्यक्ष पदका उम्मेदवार देवीप्रसाद रेग्मीमाथि आक्रमण भएको हो। आक्रमणमा उनी सवार बा २० च ६७८५ नम्बरको गाडीमा क्षति पुगेको छ।

नयाँगाउँ मावि नजिकै प्रचारमा हिँडेका रेग्मीको गाडीमा एक्कासी ढुंगा प्रहार भएको थियो। ढुंगा प्रहारबाट गाडीको सिसा फुटेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए।

गाडीमा उम्मेदवार रेग्मीसहित एमाले जिल्ला सदस्य सोमबहादुर विक र चालक प्रदीप भट्टराई थिए।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार स्कुटरमा आएका व्यक्तिहरुले ढुंगा हानेर भागेको थिए। ढुंगा हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

गृहमन्त्री बालकृष्ण खाणको गृह जिल्लामा नै उम्मेदवार असुरक्षित भएको भन्दै निर्वाचन निष्पक्ष हुनेमा एमाले नेताहरुले आशंका गरेका छन्। ढुंगा प्रहारबाट क्षति भएको गाडीलाई नयाँगाउँ प्रहरी चौकीमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell