PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

कोठाभित्र झुन्डिएको अवस्थामा फेला परिन् १३ औं सागकी गोल्डमेडलिस्ट चौधरी, अनुसन्धान हुँदै



पहिलोपोस्ट

कोठाभित्र झुन्डिएको अवस्थामा फेला परिन् १३ औं सागकी गोल्डमेडलिस्ट चौधरी, अनुसन्धान हुँदै

काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएकी भारत्तोलनकी खेलाडी सञ्जु चौधरी मृत अवस्थमा फेला परेकी छिन्।

ललितपुरको महालक्ष्मीस्थानस्थित भाडामा बस्दै गरेको घरमा उनी मृत झुण्डिएको अवस्थामा फेला परेकी हुन्।२४ वर्षीया चौधरी एक्लै बस्दै आएकी थिइन्। घरबेटीले उनलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाएको छ। शवलाई हाल पोस्टमार्टमका लागि पठाइएको छ। घटनाबारे थप अनुसन्धान हुँदै गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धि विक्रम शाहले जानकारी दिए।

चौधरीले १३ औं सागमा ५९ केजी उमेरसमूहमा श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell