
बेलायतका अनुसन्धानकर्ताहरुले आउने पाँच वर्षमा विश्वको तापक्रम १.५ सेल्सियलले बढ्न सक्ने अनुमान गरेका छन्। बेलायतको मेट अफिसका अनुसन्धानकर्ताहरुले ५ वर्षमा विश्वको तापक्रम ‘थ्रेडहोल्ड’ भन्दा बढ्न सक्ने सम्भावना ५०-५० प्रतिशत रहेको बताएका हुन्।
उनीहरुले त्यस प्रकारको तापक्रम वृद्धि अस्थायी हुने पनि बताएका छन्। अनुसन्धानकर्ताहरुले सन् २०२२ देखि २०२६ सम्म विश्वको तापक्रम सबैभन्दा बढी हुने अनुमान गरेका छन्। पछिल्लो ३० वर्षमा विश्वको तापक्रम ह्वात्तै बढिरहेको छ।