PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पानी परे पनि हुरीबतास चले पनि मताधिकारको प्रयोग गरौं : प्रकाशमान सिंह



पहिलोपोस्ट

पानी परे पनि हुरीबतास चले पनि मताधिकारको प्रयोग गरौं : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। मंगलवार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर टिमका उमेदवारलाई भोट माग्न कार्यकर्ताहरुलाई आग्रह गरे।

‘यो बहुदल अन्तर्गतको चुनाव हो,’ सिंहले भने, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्‍यो। वडा अध्यक्षहरुले आफ्नो वडासदस्य, मेयर र उपमेयरलाई भोट मागेर अगाडि जानुपर्छ।’

नेता सिंहले ३० गते जुनसुकै अवस्था आए पनि मत हाल्न जानुपर्नेसमेत बताए। '३० गते पानी परे पनि हुरीबतास चले पनि आफ्नो मताधिकार प्रयोग गर्न नचुकौं,' नेता सिंहले भने। 

चन्द्रागिरिमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबिच तालमेल भएको छ । प्रमुखमा कांग्रेसबाट घनश्याम गिरि र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोसन दानी उपप्रमुखका उम्मेदवार छन्।

सिंहले गठबन्धनको मर्म बुझ्न आवश्यक भएको भन्दै नेपाली कांग्रेसले सबैलाई मिलाएर संविधान सभाबाट संविधान जारी गरेको स्मरण गर्न समेत आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell