PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

अझै भेटिएनन् पौडी खेल्दा सोमवारदेखि कालीगण्डकीमा बेपत्ता भएका बालक, खोजीकार्य जारी



रासस

अझै भेटिएनन् पौडी खेल्दा सोमवारदेखि कालीगण्डकीमा बेपत्ता भएका बालक, खोजीकार्य जारी
प्रतीकात्मक तस्बिर।

दमौली : तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमवार बेपत्ता भएका बालक फेला परेका छैनन्। बेपत्ता हुनेमा घिरिङ गाउँपालिका-५ धेनुङका १२ वर्षीय ईश्वर विक रहेको प्रहरीले जनाएको छ।

सोमवार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। बेपत्ता बालकको आज पनि खोजीकार्य जारी छ।

पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्ता भएका हुन्। अन्य दुई भने नदी तर्न सफल भएका थिए। बेपत्ता बालकका आमा पूर्णमाया विकले छोराको खोजीका लागि सहयोग पुर्‍याउन आग्रह गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell