PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

‘द कश्मीर फाइल्स’लाई सिंगापुर सरकारले लगायो प्रदर्शनमा रोक



पहिलोपोस्ट

‘द कश्मीर फाइल्स’लाई सिंगापुर सरकारले लगायो प्रदर्शनमा रोक

बलिउड फिल्म ‘द कश्मीर फाइल्स’लाई सिंगापुर सरकारले प्रदर्शनमा रोक लगाएको छ। समीक्षात्मक र व्यावसायिक रूपमा सफल यस फिल्मलाई सिंगापुर सरकारले फिल्म एकतर्फी भएको भनि प्रदर्शन गर्न नदिने बताएको छ।

सिंगापुरले इन्फोकम मिडिया विकास प्राधिकरण, संस्कृति, समुदाय तथा युवा मन्त्रालय र गृह मन्त्रालयसँगको सहकार्यमा संयुक्त प्रेस विज्ञप्ति जारी गरेको थियो। फिल्म पूर्वाग्रही भएको र  विभिन्न समुदायमा मतभेद सिर्जना गर्ने उनीहरूको आरोप छ। 

‘फिल्मले विभिन्न समुदायबिच वैमनस्य बढाउन सक्छ। विभिन्न धर्म मान्ने हाम्रो समाजको धार्मिक एकतामा खलल पुग्न सक्छ। सिंगापुरमा जातीय र धार्मिक समुदायलाई बदनाम गर्ने कुनै पनि कुरा मान्य छैन,’ विज्ञप्तिमा उल्लेख छ।

११ मार्चदेखि रिलिज भएको यो फिल्म कश्मीरी पण्डितहरुको ‘कथित राष्ट्रवाद’ कथामा आधारित छ। फिल्मले ३ सय करोडको व्यापार गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell