PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

रुकुम पूर्वमा एक ३९ वर्षीया महिला मृत भेटिइन्



रासस

रुकुम पूर्वमा एक ३९ वर्षीया महिला मृत भेटिइन्

रुकुम : रुकुम (पूर्व)मा एक महिलाको शव फेला परेको छ। पुथाउत्तरगङ्गा गाउँपालिका-११ मा सोमवार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो।

सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए। शव परीक्षणका लागि रुकुम (पूर्व) अस्पताल ल्याइँदैछ।

शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell