PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

मदनदासको घरदैलोका दृश्यहरु

मदनदासको घरदैलोका दृश्यहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि दलहरुले अन्तिम तयारी गरिरहेका छन्। आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरुले घरदैलोलाई तीब्रता दिएको छ। साथै, ठुला राजनीतिक दलहरु चुनावी सभामा केन्द्रित भएका छन्।

चुनावी प्रचारप्रसारको अन्तिम दिन ठुला दलहरु चुनावी सभामा व्यस्त हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरु भने घरदैलोमा व्यस्त छन्। राप्रपाबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार मदनदास श्रेष्ठ बिहानैदेखि चुनावी प्रचारप्रसारमा छन्।

उनीसँगै उपप्रमुखकी उम्मेदवार बिनिता मगैयाले पनि दलका लागि मत मागिरहेकी छिन्।



ट्रेन्डिङ पोस्ट

Ncell