PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

बलिउडमा काम गरेर समय बर्बाद गर्न चाहन्न, उनीहरुले अफोर्ड नै गर्न सक्दैनन् : महेश बाबु



पहिलोपोस्ट

बलिउडमा काम गरेर समय बर्बाद गर्न चाहन्न, उनीहरुले अफोर्ड नै गर्न सक्दैनन् : महेश बाबु

दक्षिण भारतीय अभिनेता महेश बाबुले बलिउडले आफूलाई ‘अफोर्ड’ गर्न नसक्ने बताएका छन्। एक फिल्मको ट्रेलर लन्चमा पुगेका उनले हिन्दी फिल्ममा काम गरेर समय बर्बाद गर्न नचाहेको समेत बताएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

दक्षिण भारतीय फिल्ममा आफूले निकै सम्मान पाएको बताउँदै बलिउडबाट पनि अफर आएको बताए। ‘मलाई अफर आएको हो। तर मलाई लाग्छ उनीहरु मलाई अफोर्ड गर्न सक्दैनन्। म हिन्दी फिल्ममा काम गरेर आफ्नो समय बर्बाद गर्न चाहन्न,’ उनले भने।

महेश बाबुले आफ्नो उद्देश्य दक्षिण भारतीय फिल्मलाई भारतभर सफल बनाउनु रहेको समेत बताएका छन्।

सन् १९८३ मा ‘पोरातम’बाट उनले आफ्नो फिल्मी करियर सुरु गरेका थिए। हाल उनले एक  फिल्मका लागि ५५ करोड भारतीय रुपैयाँ लिने गरेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell