PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

उपत्यकाका मतदान केन्द्रमा लगियो मैनबत्तीदेखि लाहा छापसम्म, ६० प्रकारका सामाग्री ढुवानी

उपत्यकाका मतदान केन्द्रमा लगियो मैनबत्तीदेखि लाहा छापसम्म, ६० प्रकारका सामाग्री ढुवानी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सिंहदरबारस्थित जिल्ला समन्वय समितिको भवनमा आज बिहानैदेखि भिड थियो।

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मंगलवार काठमाडौं उपत्यकाका मतदान केन्द्रहरुलाई निर्वाचन सामाग्री दिन सुरु गरेको थियो। तिनै सामाग्री लिनका लागि आज कर्मचारीहरु सिंहदरबार पुगेका थिए।

नमूना मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नउड्ने मसी, स्ट्याम्प प्याड जस्ता संवेदनशील सामाग्री सहित डोरी, मास्क, सलाईं,  मैनबत्ती लगायत ६० थरीका सामाग्रीहरु मतदान केन्द्र पठाइएको हो।

मतदानस्थलमा खटाइएका कर्मचारीहरु नै ती सामाग्री बुझ्न सिंहदरबार पुगेका थिए। प्रहरीको स्कर्टिङमा ती सामाग्रीहरुलाई सम्बन्धित मतदानस्थलमा लगिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell