PahiloPost

Feb 21, 2026 | ९ फागुन २०८२

करिब ३७ लाख जरिबाना तोकिएका बैंकिङ कसुरका दोषीलाई अदालतमा पेश



रासस

करिब ३७ लाख जरिबाना तोकिएका बैंकिङ कसुरका दोषीलाई अदालतमा पेश

काठमाडौं : बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई करिब ३७ लाख रुपैयाँ जरिबाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुरमा काठमाडौं महानगरपालिका-८ का ५० वर्षीय रामसुन्दर डङ्गोललाई पक्राउ गरेको हो। उनले विसं २०७७ मा कैलाश विकास बैंक लिमिटेडमा रहेको बैंक खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए।

उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेकोले उनीविरुद्ध मुद्दा परेको थियो। बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा उच्च अदालत पाटनको यही ४ गतेको फैसलाले डङ्गोललाई ७ दिन कैद र ३६ लाख ७५ हजार रुपैयाँ जरिबाना हुने ठहर गरेको थियो।

फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा सोमवार काठमाडौंको पिङ्गलास्थानबाट पक्राउ गरेको थियो। उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कलम थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell