PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

विदेश भ्रमणमा जाँदा गठबन्धनका नेताले के सिके? पाउरोटीमा बटर दलेर खाएर आए : ओली



पहिलोपोस्ट

विदेश भ्रमणमा जाँदा गठबन्धनका नेताले के सिके? पाउरोटीमा बटर दलेर खाएर आए : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलका नेताहरुले विदेश भ्रमण गएर पनि केही नसिकेको बताएका छन्। उनले विदेश भ्रमण गर्दा पाउरोटी खाएर फर्कने बाहेकको उपलब्धि नभएको बताए।

'अहिले भ्रमण गरेर के सिकेका छन् भने पाउरोटीमा बटर दलेर खाएर आए। हाम्रो अन्तरिक्ष हो भन्दा यिनीहरुले जिस्काए। नाकाबन्दी हुँदा पुरपुरामा हात लगाएर खुइय गरी बस्नेहरु नाकाबन्दी भन्न पनि सकेन,'ओलीले भने। 

काठमाडौंमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले धरहरालाई टावर बनाएर सत्तारुढ दलका नेताहरुले आलोचना गरेको आरोप लगाए। उनले देशको विकास गर्नका लागि एमाले चाहिएको दाबी गरे। 

भने,'हुलाकी राजमार्ग बनाउन एमाले बाहेक कसैले सकेन। पोखरामा विमानस्थल एमाले बाहेकले बनाउन सकेन। अरु विमानस्थल बनाउन, फास्ट ट्रायक बनाउन एमाले चाहियो। बालबालिकादेखि जेष्ठ नागरिकको हेरचाह गर्न एमाले चाहियो।' 

देशलाई दुर्घटनामा पारिएको भन्दै सत्तारुढ दलका नेताप्रति ओलीले आक्रोश व्यक्त गरे।

'नेपाली कांग्रेसका साथीहरु कसरी मन थामेर बस्नु भएको होला। चुनाव नआए रुख बोकेर हिँड्ने चुनावमा के बोक्ने थाहा छैन्। पोखरामा पेन्सिल बोकेर हिँड्नु भएको छ,'उनले भने।

ओलीले देशविरुद्ध गठबन्धनले असंवैधानिक काम गरेको आरोप लगाए। अदालतबाट प्रधानमन्त्री नियुक्ति पत्र लिएर शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माण भएको ओलीको  आरोप थियो।

'न भोट भएको छ न चुनाव भएको छ। प्रधानमन्त्रीको नियुक्ति लिएर आउने,'ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell