PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

ईश्वर पोखरेलको दाबी, 'हामी ६ वटै महानगर जित्छौँ'



पहिलोपोस्ट

ईश्वर पोखरेलको दाबी, 'हामी ६ वटै महानगर जित्छौँ'

वीरगंजः नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न स्थानीय तह निर्वाचनमा एमालेले ६ वटै महानगरमा जित हासिल गर्ने दाबी गरेका छन्। जिल्ला कमिटी पर्साद्वारा आयोजित कोण सभालाई वीरगंजमा सम्बोधन गर्दै पोखरेलले यस्तो दाबी गरेका हुन्।

‘देश विकास गर्ने पार्टी भनेको एमाले हो। अरु कुनै पार्टीले सक्दैन। त्यसैले अहिले देशभर एमालेको जनलहर छ,’ उनले भने, ‘केपी ओलीको सरकारले जसरी विगतमा देश विकासको काम गरेको छ, ६ वटै महानगर हामी जितिरहेको छौँ।’

उनले गठबन्धनका दलहरुबाट देशको कल्याण हुन नसक्ने बताए। गठबन्धनमा आवद्ध दलबीच आपसी मनमुटाब रहेकाले धेरै दिन नटिक्ने पनि दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell