PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चुनाव नहुँदै ३ सय ९० जना बने जनप्रतिनिधि, कसरी हुन्छ मत बदर?



प्रकाश भण्डारी

चुनाव नहुँदै ३ सय ९० जना बने जनप्रतिनिधि, कसरी हुन्छ मत बदर?

काठमाडौं : स्थानीय तह निर्वाचन नहुदै ३ सय ९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले ३ सय ५५ जना विभिन्न राजनीतिक दलका र ३५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएको जानकारी दिएको छ। वैसाख ३० गते हुने चुनावका लागि १ लाख ४५ हजर ११ जना प्रतिस्पर्धामा छन्। जसमध्य ५५ हजार ६ सय ९८ महिला र ८९ हजार ३ सय १६ पुरुष गरी १ लाख ४५ हजार ११ जना बिच प्रतिस्पर्धा हुन लागेको हो।

कति छन् मतदान स्थल र केन्द्र?

निर्वाचन आयोगले निर्वाचनको तयारी पुरा भएको जनाएको छ। २७ गते मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु भइसकेको छ। १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजर ९ सय ५५ मतदान केन्द्रमा चुनाव हुन लागेको हो। मतदाता संख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ छ। जसमा महिला मतदाता संख्या ८७ लाख ४१ हजार ५ य ३० छ भने पुरुष मतदाता संख्या ८९ लाख ९२ हजार १० रहेको छ। निर्वाचनका लागि १ लाख ९ हजार  ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना संयमसेवक परिचालन गरिएको छ।

कति छन् राजनीतिक दल? कति ठाउँमा हाल्नुपर्छ मत?

स्थानीय तह निर्वाचनका लागि ७९ राजनीतिक दल आयोगमा दर्ता भएका थिए। जसमध्य ६५ दलले उम्मेदवारी दिएका छन्। एउटा पनि उम्मेदवारी दर्ता नगर्ने दलको संख्या १४ छ। मतदाताले मतपत्रमा आफूलाई मन परेका उम्मेदवारलाई मत दिन पाउने छन् त्यसका लागि कुनै आठ वटा चुनाव चिन्ह मध्य ७ वटामा स्वस्तिक छाप लगाउनुपर्ने छ। मत पत्रमा ६ वटा खण्ड रहेको हुन्छ। जसबाट सात छापमा मतदान गर्नुपर्ने छ। अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख,वडा अध्यक्ष,महिला वडा सदस्य, महिला वडा सदस्य पाचौं कोलम सम्म हुन्छ भने छैटौं कोलममा वडा सदस्य २ जनाका लागि मतदान गर्नुपर्छ।

कसरी गर्ने मतदान? मतदाता परिचय पत्र हराए के गर्ने?

निर्वाचन आयोगका अनुसार बुध र बिहीवार मतदानस्थहरुमा मतदान टोलिहरुले मतदाता शिक्षा दिनेछन्। मत कसरी हाल्ने, बदर कसरी हुन्छ लगायतका विषय मतदानमा खटिएका कर्मचारिहरुले दिनेछन्। मतदाता परिचय पत्र हराएको र पहिलोपटक मतदाता नामावलिमा नाम समावेश भएकाहरुका लागि मतदान स्थलमै मतदान परिचय पत्र वितरण गरिने छ। आयोगले मतदाता परिचय पत्र नभए पनि मतदाता सूचिमा नाम भएमा नागरिकताका आधारमा मतदान गर्न सकिने व्यवस्था गरेको छ।

कसरी हुन्छ मत बदर?

निर्वाचन आयोगका अनुसार यसपटक समय अभावका कारण घरघरमै गएर मतदान गर्ने तरिकाबारे सिकाइएको छैन्। जसकारण मत बदरको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। तर, आयोगले २८ र २९ गते मतदान गर्ने तरिका सिकाउन कर्मचारिहरुलाई निर्देशन दिएको छ। मत बदर हुने कारणहरुमा  मसि लतपतिएमा, एउटा पदमा एक दल भन्दा बढीलाई मत हालेमा त्यो पदको मत बदर हुन्छ। मत पत्रमा औठाछाप हानेमा पनि मत बदर हुन्छ। कोठाभिभ स्वस्तित छाप नहानेर वाहिर वा दुई रेखाको बिचमा पर्न गएमा पनि मत बदर हुन्छ। मतदान अधिकृतको हस्ताक्षर नभएमा पनि मत बदर हुने आयोगले जनाएको छ।

कस्ता कस्ता छन् मतपत्र?

आयोगले ८७ प्रकारको मतपत्र हुने बताएको छ। ७७ जिल्लाका लागि ७७ प्रकारको मत पत्र हुन्छ भने  ६ महानगर र भक्तपुरका ४ नगर गरि ८७ प्रकारको मतपत्र छन्। विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेवारको संख्याका कारण मतपत्र ठुलो भएको आयोगले जनाएको छ। दलहरुका बिचमा भएको गठबन्धनका कारण पनि यसपटक मतदान गर्दा मतदाता झुक्किन सक्ने भएकाले मतदान गर्न जानु अघि नै कसलाई मत दिने भन्नेबारे एकिन गर्न आयोगले आग्रह गरेको छ।

गाडी प्रयोग गर्न पाइन्छ कि पाइन्न? कति छ मतदानका लागि समय?

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते यातायातका साधानमा पूर्ण रुपमा रोक लगाएको छ। तर, पास भएका र अति आवश्यक सवारी साधन भने चल्न पाउने छन्। मतदानका लागि विहान ७ वजेदेखि अपरान्ह ५ वजेसम्म समय छुट्टाइसकेको छ। आयोगले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र निर्धक्कका साथ मतदान गर्न आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell