PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दोस्रो स्थानको लखनउलाई हराएर शीर्षस्थानको गुजरातले गर्‍यो प्लेअफमा स्थान पक्का



पहिलोपोस्ट

दोस्रो स्थानको लखनउलाई हराएर शीर्षस्थानको गुजरातले गर्‍यो प्लेअफमा स्थान पक्का
Photo: IPL

काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्टलाई हराएको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा सम्पन्न खेलमा गुजरातले लखनउमाथि ६२ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। जवाफी ब्याटीङमा उत्रिएको लखनउ १३.५ ओभरमा ८२ रनमा समेटियो।

गुजरातका लागि शुभमन गिलले सर्वाधिक अविजित ६३ रन बनाउँदा डेभिड मिलरले २५ तथा राहुल तेवातियाले अविजित २२ रन बनाए। त्यस्तै कप्तान हार्दिक पाण्ड्याले ११ रन बनाउँदा म्याथु वेडेले १० रन बनाए। बलिङतर्फ लखनउका अवेश खानले २ विकेट लिँदा मोहशिन खान र जेशन होल्डरले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउको भने ब्याटिङ भने सुखद हुन सकेन। लखनउका लागि दीपक होडाले सर्वाधिक २७ रन बनाउँदा अवेश खानले १२ तथा क्विन्टन डी ककले ११ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

लखनउलाई लक्ष्यसम्म पुग्न नदिन रासिद खानले सर्वाधिक ४ विकेट लिँदा रविश्रिनिवासन साइ किशोर र यस डायलले समान २ विकेट लिए। त्यस्तै मोहम्मद शमीले १ विकेट लिए।

जितसँगै १२ खेलबाट १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ भने १६ अंक जोडेको लखनउ दोस्रो स्थानमा छ। यो सँगै जारी सिजनबाट आईपीएल खेल्न सुरु गरेको गुजरातले पहिलो सिजननै प्लेअफमा स्थान बनाउन सफल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell