PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बार्सिलोनाको सहज जित



पहिलोपोस्ट

बार्सिलोनाको सहज जित
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि सहज जित निकालेको छ। घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि ३-१ गोलअन्तरले जित निकालेको हो।

खेलको ३० औं मिनेटमा ओसमाने डेम्बेलेको पासमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ४१ औं मिनेटमा पिअरे एम्रिक औबुमेयाङले गोल थप्दा पहिलो हाफमा बार्सिलोना दुई गोलले अघि रह्यो। दोस्रो हाफमा औबुमेयाङले नै फेरि बार्सिलोनाका लागि गोल थपे। उनले खेलको ४८ औं मिनेटमा डेम्बेलेको पासमा गोल गरेका थिए।

सेल्टा भिगोका लागि लगो आसपासले ५० औं मिनेटमा सान्त्वना गोल फर्काए। ५८ औं मिनेटमा सेल्टाका जेइसन मुरिल्लोले रेडकार्ड खाँदै बाहिरिएका थिए।

जितसँगै बार्सिलोना ३६ खेलबाट ७२ अंकजोड्दै तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको रियल मड्रिडले यसअघि नै लिगको उपाधि सुरक्षित गरिसकेको छ।

ला लिगामा गएराति नै सम्पन्न अन्य खेलहरुमा रेयल बेटिसले भ्यालेन्सियालाई ३-० गोलअन्तरले हराउँदा ग्रानडाले एट्लेटिको बिल्बाओलाई १-० गोलअन्तरले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell