PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एस्टोन भिल्लालाई हराउँदै लिभरपुल उपाधिको होडमा कायमै



पहिलोपोस्ट

एस्टोन भिल्लालाई हराउँदै लिभरपुल उपाधिको होडमा कायमै
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले एस्टोन भिल्लालाई हराएको छ। भिल्ला पार्क स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको हो।

खेलको तेस्रो मिनेटमै डौग्लास लुइजको गोल एस्टोन भिल्लाले अग्रता बनाएको थियो। तर, छैटौं मिनेटमा लिभरपुलका जोएल मटिपले गोल गर्दै खेल बराबरीमा ल्याए। र, पहिलो हाफमा १-१ गोलको बराबरीमा रोकियो। दोस्रो हाफमा लिभरपुलका लागि साडियो मानेले गोल थपे। उनले खेलको ६५ औं मिनेटमा लुइस डिआजको पासमा गोल गर्दा लिभरपुलले २-१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै लिगको उपाधि होडमा लिभरपुलले आफ्नो सम्भावनालाई कायमै राखेको छ भने शीर्षस्थानको म्यानचेस्टर सिटीमाथि दवाब बढाएको थियो। म्यानचेस्टर सिटी र लिभरपुल समान ८६ अंक जोडेर उपाधिको होडमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell