PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु



रासस

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु
प्रतीकात्मक तस्बीर

म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्‍याएर फर्कँदै गरेको ग२ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए। उनका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुन्। घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ।

प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ। सडकबाट करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो। नारच्याङमा निलगिरिखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरिखोला र निलगिरिखोला क्यासकेट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell