PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मतदानस्थलमा मत हाल्ने तरिका सिकाउँदै निर्वाचन आयोग



पहिलोपोस्ट

मतदानस्थलमा मत हाल्ने तरिका सिकाउँदै निर्वाचन आयोग

काठमाडौँ: आजदेखि स्थानीय तह निर्वाचनको मौन अवधि सुरु भएको। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत बदर हुन नदिन आयोगले नमूना मतदान कार्यलाई पनि अहिले तीब्रता दिएको छ।

आज र भोलि निर्वाचन आयोगले नमूना मतदान कार्य सञ्चालन गर्दैछ। आयोगले वैशाख २८ र २९ गते नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउने तयारी गरेको छ। आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी मतदाता शिक्षा प्रदान गर्न निर्देशन दिइसेको छ।

ठूला मतपत्र, गठबन्धन भएपछि सबैको चुनाव चिह्न हुनु र मतदाता शिक्षा त्यति प्रभावकारी नहुँदा यसपटक धेरै मत बदर हुन सक्ने अनुमान गरिएको छ।

आयोगले मतदान स्थलमा सम्बन्धित मतदान अधिकृतको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचय पत्रहरूका वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन भनेको छ। मतदान स्थलमा उपस्थित मतदातालाई नमूना मतपत्र देखाएर मतदान गर्ने तरिकाको बारेमा निष्पक्षरुपमा जानकारी दिने तयारी आयोगको छ।

मतदान गर्ने तरिकाबारेमा मतदातालाई जानकारी गराउँदा कुनै पनि राजनीतिक दलको निर्वाचन चिह्नको नाम नलिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

मत बदरको डर

यसपटक बढी मत बदर हुने सम्भावना देखिएको छ। त्यसलाई समाधान गर्नका लागि राजनीतिक दलले पनि प्रयास गरिरहेका छन्। गबठन्धन आबद्ध राजनीतिक दलले स्थानीय तहमा निर्वाचन प्रचारप्रसारको क्रममा नै मतदाता शिक्षासमेत दिइरहेका छन्।

सम्बन्धित समाचार : कसरी हाल्ने मत? कुन कुन अवस्थामा मत बदर हुन्छ ?

यसपटक सत्तारुढ गठबन्धनले तालमेल गरेर निर्वाचन लडिरहेका छन्। गठबन्धन गर्दा हरेक दलका फरकफरक निर्वाचन चिह्न हुने भएकाले पनि मतदाता शिक्षा आवश्यक रहेको छ। मतदाता शिक्षा प्रभावकारी नभएको कारण धेरै मत बदर हुन सक्ने आकलन गरिएको छ।

गठबन्धन र विपक्षी दल नेकपा एमालेले मत जोगाएर बदर हुन नदिन मतदाता शिक्षाको अभियान सञ्चालन गरिरहेका छन्। केही दलले श्रव्य दृश्यका माध्यमबाट पनि मतदाता शिक्षा समेत सञ्चालन गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell