PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

श्रीलंकामा राजापाक्षे परिवारविरुद्ध विद्रोह, जलिरहेका छन् घरहरु



पहिलोपोस्ट

श्रीलंकामा राजापाक्षे परिवारविरुद्ध विद्रोह, जलिरहेका छन् घरहरु

श्रीलंकाको सत्तामा राजापाक्षे परिवारको रहेको पकड अहिले ढुलमुल हुँदैछ। सत्ताको शिखरमा रहेका महिन्द्रा राजापाक्षे राष्ट्रपति हुँदै प्रधानमन्त्री बने।

आफ्नै भाइलाई उनले राष्ट्रपति बनाए। देशमा आर्थिक संकट सुरु भएपछि उनै राजापाक्षेले राजीनामा दिए। अहिले भने उनै राजापाक्षे कहाँ छन् थाहा छैन। सरकारविरोधी आन्दोलन उत्कर्षमा पुग्दा विरोधीहरुले राजापाक्षे परिवारका साथै सरकारका मन्त्रीहरुको घर जलाएका छन्।

हालसम्म ५० भन्दा बढी घर जलाइएको स्थानीय मिडियाले जनाएका छन्। राजापाक्षेको घरमा आगो लगाइँदा उनी घरमा नै थिए। सुरक्षाकर्मीहरुले उनलाई उद्धार गरि लगिएको थियो।

सोमवारयता श्रीलंकामा ७ जनाको मृत्यु भइसकेको छ। दुईसयभन्दा बढी घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell