PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

इजरायली सेनाको गोली लागेर अलजजिरामा कार्यरत पत्रकारको मृत्यु



पहिलोपोस्ट

इजरायली सेनाको गोली लागेर अलजजिरामा कार्यरत पत्रकारको मृत्यु
File Photo : Al Jazeera

इजरायल सेनाको गोली लागेर अलजजिरामा कार्यरत पत्रकार सिरिन अब अक्लेहको निधन भएको छ। अलजजिराका अनुसार गाजापट्टीमा अक्लेहको मृत्यु भएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधवार जेनिन शहरमा इजरायली रेडको रिपोर्टिङ गरिरहेको बेला गोली लागेर उनको मृत्यु भएको हो। घटनास्थलबाट उनलाई अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

घटनाबारे अन्य विवरण सार्वजनिक भएको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell