PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

लुम्बिनी आउँदै मोदी : चार बुलेटप्रुफ गाडीसहित इन्डियन एयरफोर्सको विमान भैरहवामा



पहिलोपोस्ट

लुम्बिनी आउँदै मोदी : चार बुलेटप्रुफ गाडीसहित इन्डियन एयरफोर्सको विमान भैरहवामा
File Photo : The Diplomat

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते नेपाल आउँदैछन्। बुद्ध पूर्णिमाको अवसर पारेर उनी लुम्बिनी भ्रमणमा आउन लागेका हुन्।

मोदीको भ्रमणको तयारीका लागि पाँच दिनअघि नै विशेष सुरक्षा बल र उपकरणसहितको विमान बुधबार भैरहवामा अवतरण भएको छ। चारवटा बुलेटप्रुफ गाडीसहित इण्डियन एयरफोर्सको विमान गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको हो।

'यो चार्टर उडानमा भारतीय सेनाका उच्च पदाधिकारी आउनुभएको छ। टोलीमा करिब ४५ जना छन्। केही लुम्बिनीमै बस्ने तयारी छ भने केही आजै भारत फर्किने जानकारी आएको छ,' विमानस्थल प्रमुख गोविन्दप्रसाद दाहालले भने।

भारतीय सेनाको आएल-७६ कलसाइनको चार्टर विमान बिहान १० बजे विमानस्थलमा अवतरण भएको हो। विमान केही घन्टामै भारत फर्किनेछ।

आगामी जेठ २ गते लुम्बिनी विकास कोषले आयोजना गर्न लागेको कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री नेपाल आउन लागेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा पनि उक्त कार्यक्रममा सहभागी हुनेछन्। सो दिनदेखि नै भैरहवाको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् संचालनमा आउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell