PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सुनको मूल्य एक हजार रुपैयाँले घट्यो, तोलाको ९७ हजारमा कारोबार



पहिलोपोस्ट

सुनको मूल्य एक हजार रुपैयाँले घट्यो, तोलाको ९७ हजारमा कारोबार

काठमाडौंः सुनको मूल्य क्रमिक घट्न थालेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण भएको छ।

मंगलबार सुन तोलामा ७ सय रुपैयाँले घटेर कारोबार मूल्य ९८ हजार थियो। एक सातादेखि सुनको मूल्य ९८ हजार भन्दा बढीमा कारोबार भइरहेको थियो।

चाँदीको मूल्य लामो समयपछि तोलामा एक हजार २ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदी तोलामा ३० रुपैयाँ घटेको हो। मंगलबार चाँदी तोलाम १० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तराष्ट्रिय बजारमा  सुनको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिन थालेको छ। बुधबार सुन १८३९.१३ डलरमा कारोबार भएको छ। चाँदी प्रतिऔंस २१.५१ डलर छ। मंगलबार सुन प्रतिऔंस १८६२.८१ डलर र चाँदी प्रतिऔंस २२.०५ डलरमा कारोबार भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell